चन्द्रपुर,२७ बैशाख ।
चन्द्रपुर नगरपालिकाको मेयर पदमा एकै वडाका ४ जना उम्मेदवार मैदानमा उत्रेका छन् । चन्द्रपुर नगरपालिकाको वडानं ८ बाट नेकपा एमालेका शिव आचार्य ,नेकपा माओवादी केन्द्रका हरी पौडेल,नेकपा समाजवादीका प्रेमनाथ तिमलसिना र रामचन्द्र चौधरी स्वतन्त्र रुपमा चुनावी मेयर पदका लागि चुनावी मैदानमा उत्रेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेर मेयर जितेका रामचन्द्र चौधरीले यस पटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन ।
नेकपा समाजवादीका प्रेमनाथ तिमलसिना बाहेक तीन जनालाई जित्नका लागि वडानं ८ को मत महत्वपुर्ण हुने छ ।
पहाडी र थारु समुदायको बसोबास रहेको चन्द्रपुर ८ मा थारुको मत स्वतन्त्र उम्मेदवार रामचन्द्र चौधरीले पाउने हांकलन गरीएको छ । प्रणामी समुदायको समेत बस्ति रहेको सो वडाको प्रणामी मत नेकपा एमाले र माओवादीका उम्मेदवार बिच बांडीने छ । पौडेल र आचार्य दुबै प्रमाणी हुन । नेकपा समाजवादीका प्रेमनाथ तिमलसिना पनि प्रणामीनै भएपनि उनको चर्चा खासै छैन् ।
चन्द्रपुर नगरपालिकाको मेयरमा चुनाव जित्नका लागि वडानं ८ को मतले महत्वपुर्ण भुमिका खेल्ने छ । यो वडाका मतदाताले कुन उम्मेदवारलाई मत दिनेहुन भन्ने कुरा यतीबेला चर्चामा रहेको छ ।








