चन्द्रपुर,३२ असार । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवाको लागि स्वास्थ्य परिक्षको व्यावस्था गरेको छ । स्थानीय एक निजी अस्पतालसंगको साझेदारीमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले हप्तामा एक पटक प्रहरी कार्यालयमा रहेका थुनुवाको स्वास्थ्य परिक्षणको व्यावस्था गरेको हो ।
समुदाय –प्रहरी साझेदारी अन्र्तगत थुनुवाहरुको साप्ताहिक स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिए ।








