चन्द्रपुर,५ साउन । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको चरम लापारवाहीका कारण उपभोक्ता मारमा परेकाछन् । दिनमा दर्जनौ पटक फ्याट फ्याट लाईन जाने समस्याका कारण बिद्युत प्रयोग गर्ने उपभोक्ता मारमा परेका हुन । कर्मचारीको चरम लापारवाहीका कारण प्राधिकरणको चन्द्रनिगाहपुर शाखाबाट उपभोक्ताले चर्को गर्मीमा समेत मार खेप्नु परेको स्थानीयको भनाइ रहेको छ । यता प्राधिकरणले आफ्नो अफिस आम सर्बसाधारणले नदेख्ने ठाउमा सारेका कारण पनि उपभोक्ता दिनभरी बिजुली अफिस खोज्नमै दिन बिताउने गरेकाछन् ।