मौलापुर,८ साउन । रौतहटमा पछिल्लो समय बिभिन्न बाहाना बनाएर निर्दोशलाई फंसाउने काम हुदै आएको छ । जिल्लाको मौलापुर नगरपालिकाका एक वडा नं ८ का वडाअध्यक्षले चुनावको बेलाको आफ्नो रिस सांध्नका लागि एक महिला प्रयोग गरेर एक निर्दोश बृद्धको नाममा जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी लिएर लगाएका छन् । मौलापुर नगरपालिकाका वडा ८ का अध्यक्ष शिव प्रसाद यादवले गएको स्थानीय तहको निर्वाचनमा आफुलाई सहयोग नगरेको निउमा स्थानीय ६६ बर्षिय बृद्ध सहदेव प्रसाद यादवलाई एक महिलाको साहारा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै जाहेरी दिएका छन् ।
स्थानीय एक महिलालाई एक लाख रुपैया दिने प्रलोभन देखाएर खेतमा घांस काटन गएका बेला बृद्ध सहदेव प्रसाद यादवले कुटपिट गरेर भन्दै वडा अध्यक्षले व्लेडले ती महिलाको बिभिन्न अंगमा घाउ बनाउनुको साथै परेवा काटेर सरिरका बिभिन्न ठांउमा रगत दल्न लगाई बृद्ध यादव माथि बोक्सी भन्दै कुटेको बताउदै प्रहरीमा जाहेरी दिन लगाएको स्थानीयले बताए ।
वडा अध्यक्ष यादवको ईसारामा आफ्नी बुहारीलाई आर्थिक प्रलोभन देखाएर बृद्ध माथि आरोप लगाउन लगाएको ती महिलाका जेठाजु हिरामान सिंह पटेलले बताएकाछन् । दबंग स्टाइलका वडा अध्यक्ष यादवले चुनावको बेला आफुलाई सहयोग नगरेको बाहानामा बृद्ध यादव र उनका छोराहरु माथि बिभिन्न आरोप लगाउदै आएकाछन् ।
आफ्ना बृद्ध बाबु र आफुहरुलाई फंसाउने नियतले वडा अध्यक्षले एक महिलाको साहारा लिएर बोक्सी आरोपमा जाहेरी दिएको जयराम प्रसाद यादवले गुनासो गरेकाछन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा बृद्ध यादवले बोक्सीको आरोपमा महिला माथि कुटपिट गरेको जाहेरी परेपछि सो बिषयमा छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएको छ ।
स्वतन्त्र रुपमा मौलापुर ८ को वडा अध्यक्ष जितेका यादवले यतीबेला आफुलाई चुनावमा असहयोग गर्नेहरुलाई बिभिन्न बाहनामा फंसाउने अभियानमा लागेको स्थानीय बासिन्दाले बताए ।