कटहरिया,८ साउन ।
रौतहटको कटहरिया–सन्तपुर सडक खण्डको गम्हरियामा बाटो हिलाम्मे भएपछि उक्त बाटो भएर हिड्नेहरुलाई सास्ती भएको छ । लालबकैया बाँध देखि गम्हरियाको बिच बाटोमा हिलाम्मे भई हिड्नेहरुलाई सास्ती भएको छ। सिमसिमे पानीले निमार्णाधिन अवस्थामा रहेको कटहरिया देखि कलैया जाने सो सडक–खण्डको बाटो हिलाम्मे भएकोले दैनिक आउजाउमा एकदमै अप्ठ्यारो भएको स्थानीयहरूले बताएका छन् ।
सो बाटो भएर दैनिक पैदल, साईकल, मोटरसाईकल यात्री, विद्यार्थीहरुलाई ओहोर–दोहोर गर्ने गरेको छन। दैनिक दर्जनौं सवारीसाधनहरू चिप्लिएर लडिरहेका छन् । यस तर्फ कसैको ध्यान छैन् ।
कालेपत्र निर्माण कम्पनीको बदमासीको कारण उक्त बाटो भएर आवतजावत गर्ने बटोहीहरू लाई सास्ती खेप्नु परेको छ । सो बाटोको अगाडि र पछाडि तिर कालेपत्र सम्पन्न भईसकेको तर बाँध र गम्हरिया गाउँको बिच बाटोमा कालेपत्र नभएकोले पानी पर्ने बितिकै उक्त समस्या उत्पन्न हुने गरेको छ । सम्बन्धित निकायको समयमै ध्यान जानु पर्ने स्थानीयको भनाइ छ ।








