आरके श्रीवास्तव
कटहरिया,९ साउन । जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिकामा विद्युतका कर्मचारी र प्रहरीको टोलीमाथि आक्रमण भएको छ । सो नगरपालिकाको वडा नम्बर ६ मा विद्युत प्राधिकरणका कर्मचारीमाथि आईतवार दिउँसो ४ बजेतिर आक्रमण गरिएको छ।
देवाहीगोनाही बेश क्याम्प ,ईलाका प्रहरी कार्यालय मौलापुर र नेपाल विधुत प्राधिकरण मौलापुर द्वारा खटिएको विधुत चुहावट नियन्त्रण टोलीमाथि गाउँलेहरू द्वारा आक्रमण गरिएको मौलापुर वितरण केन्द्रका प्रमुख संदिप दासले जानकारी गराउनु भएको हो ।
उनीहरूले बिधुतको गाडीमा समेत तोडफोड गरि ढुंगामुढा गरेको दासले बताए । आक्रमणमा गाडीको सिसा फुटेको छ भने कर्मचारी र प्रहरीलाइ निर्घात कुटपिट गरि चुहावट नियन्त्रण टोली द्वारा जफत गरिएको २५ वटा मोटर समेत खोसेर लगेको दासले भनेका छन् । बिधुतका कर्मचारीको मोबाईल फोन समेत खोसेर लगेको नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
आक्रमणमा परि सशस्त्र प्रहरीका दुई जना,जनपद प्रहरीका ४ जना,विधुत कर्मचारी ६ जनालाई ढुंगामुढा बाट चोटपटक लागेको छ । आक्रमण पछि प्राधिकरणले पिपरिया गाउँ भरिको लाई काटेर ब्लैक आउट गरिएको विधुत कर्मचारी संजिप यादवले जानकारी गराउनु भएको हो ।

हुकिङ्ग गरेर विधुत चुहावट भईरहेको सुचना पाएपछि सो टोली अजगैबी,बौधापतौरा हुँदै पिपरिया गाउँ पुगेको थियो । 

बिधुत चुहावट बढेको भन्दै सुचना आउन लागेपछि प्राधिकरण मौलापुर प्रमुख दासले त्यस्तालाई कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाई खटाएका थिए । तर उल्टै विधुत चुहावट गरिरहेकाहरूले नै चुहावट नियन्त्रण टोली माथि आक्रमण गरेका छन् । गुन्डागर्दी शैलीमा आक्रमण भएको भन्दै प्रमुख दासले दोषीमाथि कारबाही गर्न माग गरेका छन् । र यस विषयमा नेपाल विधुत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंमा जानकारी दिदै दोषिमाथि कडा भन्दा कडा कार्यवाही गर्न माग गरिएको उनले बताएका छन् ।