चन्द्रपुर,१० साउन । रंगपुर साझेदारी वनले उत्पादन गरेको काठ वितरणको अख्तियारी पाएका रामकेवल रायले उपभोक्तालाई वितरण गर्नुपर्ने काठ व्यापारीलाई वितरण गरेको स्वयम साझेदारी वनका पदाधिकारीले गुनासो गरेकाछन् । केही दिन पहिला रंगपुर साझेदारी वनको ३५ सय क्युफिट काठ वितरणका रायले ३ प्रतिशतका दरले पिसी लिएका थिए । उनले स्थानीय उपभोक्तालाई भन्दा स्थानीय काठ व्यापारीलाई राम्रो काठ वितरण गरेका थिए । उनले ३ प्रतिशतका दरले पिसी लिएको बिषयमा स्थानीय उपभोक्ताले अख्तियारमा उजुरी दिने तयारी गरेका छन् । रंगपुर साझेदारी वनले उत्पादन गरेको राम्रो काठ हर्साहका व्यापारी बहिरालाई दिएको र सडेको काठ उपभोक्तालाई लान भनेपछि अधिकृत रायको कालो कर्तुत बाहिर छाताछुल्ल भएको थियो । राय तिनै अधिकृत हुन जस्ले राष्ट्रिय वनलाई भु माफियासंग मिलेर धान खेत हो भन्दै कागज बनाएको आरोपमा थुनामा समेत बसिसकेका छन् । रंगपुर साझेदारी वनको काठ वितरणमा रायले लाखौ रकम पिसी लिएकोमा छानविनको माग छ ।