कटहरिया,२३ साउन ।
रौतहटमा उत्पादन भएका फलफुलका बिरुवा हिजोआज देशका सबै जसो स्थानमा पुग्ने गरेको छ । जिल्लामा उत्पादन भएको आप, लिची, कटहर, नरिवललगायत फलफूलका बिरुवा जिल्ला बाहिर जाने गरेको छ ।
जिल्लाको कटहरिया–३ बिर्तिप्रस्टोका लगायत गाउबाट बिक्रीका लागि बिरुवा राजधानी काठमाडौंल गायत पश्चिमका सहर पश्चिमका पठाउने गरिएको छ । रौतहटमा हुर्केका फलफूलका बिरुवाको माग धेरै छ । बिक्री पनि ह्वात्तै बढेको किसान र व्यवसायी बताउछन ।
बिर्तिप्रस्टोकाका ६५ वर्षीय शिरजनराय यादवले अहिले फलफूलका बिरुवा जिल्लाबाहिर पठाउन भ्याइनभ्याइ रहेको बताएकाछन । उनले दैनिक ३ सय थान बढी विभिन्न जातका बिरुवा बिक्रीका लागि पठाउने गरेको बताए । अहिले सिजन भएका कारण मागअनुसार पु¥याउन नसकेको उनले सुनाए । गाउबाट टायर गाडा, ट्रेक्टर र साइकलमा राखेर चन्द्रनिगाहपुरसम्म बिरुवा ल्याउने गर्छन । चन्द्रनिगाहपुरबाट बसमा पोखरा, काठमाडौं, चितवन, नेपालगन्ज, बुटवललगायत सहरमा पठाउने गरेको यादवले बताए ।








