कटहरिया,२७ साउन ।
रौतहटको कटहरिया नगरपालिकामा पुरानै रोग फेरी देखा पर्न थालेको छ ।
कटहरियामा नगरप्रमुखको अजय प्रकाशको स्वेच्छाचारी रवैयाका कारण नगरपालिका अस्तव्यस्त भएको आरोप उप मेयरको छ । अजय प्रकाश भन्दाका पहिलाका मेयर शियाराम कुस्वाह र उपमेयर बिच बिवादमै पद सकिएको थियो । अहिले आएर मेयरको मनपरी भन्दै बन्दसत्र बहिष्कार गरिएको छ । आ.व. २०७९÷०८० को एक महिना नबित्दै कटहरिया नगरपालिकामा बजेट बाड फांडको विषयलाइ लिएर नगर प्रमुख अजय प्रकाश जयसवाल र नगर उपप्रमुख रिता देवी यादव बीच भाड भैलो सुरु भएको छ ।
बुधवार नगरपालिकाको छैठो नगर अधिवेशनको बन्द सत्रमा नगरप्रमुख जयसवालले कसैसंग सरसल्लाह नै नगरी मनोमानी तरीकाले आफनो फाइदा मात्र हुने गरी बजेट सिलिंगको खाका प्रस्तुत गरेपछि सो असन्तुष्टी देखिएको हो । नया मेयरसंग उनकै पार्टीबाट उप मेयर बनेकी साहले व्यापक असन्तुष्टि जनाएकी छन् ।
तत्कालीन नगरप्रमुख र स्थानिय प्रशासनले जनतालाइ दिदै आएको कर छुट,विधुत महसुल छुट,सरसफाइमा छुट, लगायत कुनै किसिमको काम कुरामा सिलिंगमा छुट नदेखाइएको असंतुष्ट पक्षको आरोप रहेको छ ।
नगर प्रमुख जयसवालले निर्वाचनको बेला अबैध तरिकाले नगद र माछा मासुमा गरीएको करोडौं रकम खर्च असुल गर्नेगरी बजेट खर्च गर्न खोजिएको असंतुष्ट जनतिनिधीहरुको भनाइ रहेको छ ।
वर्षौ देखि करार,ज्यालादारी र अस्थायी कर्मचारीहरु लाइ विना कुनै कारण काम बाट हटाइ हालसम्म नगरपालिकाको सेवा प्रवाहमा व्यापक असर पारी सर्वसाधारण जनतालाइ दुःख दिइएको भनी नगर प्रमुखको ध्यानाकर्षण समेत गराइएको एमाले असंतुष्ट पक्षले जनाएको छ ।
यस्ता कारणले गर्दा बन्द सत्रमा आफनै पार्टीका नगर उप प्रमुख रिता देवी यादव,एमालेका वडा नम्बर २ का वडा अध्यक्ष हरेन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा र नेकपा एकिकृत समाजवादीका नेता एवम् वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी लगायत दर्जनौ जनाप्रतिनिधीहरुले बन्द सत्रको निर्णयमा हस्ताक्षर नगरी असन्तुष्टि जनाएको हाम्रा कटहरिया स्थित समाचारदाताले बताएका छन् । २०७९ साउन २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।