रौतहट,१२ भदौ । हिजोबाट लगातार परेको पानीका कारण यहाका किसानले राहतको महसुस गरेका छन् । पानी नपरेका कारण किसान समस्यामा परेका थिए । चर्को घाम र गर्मीका कारण तनावमा परेका स्थानीयले समेत हिजोबाट परेको पानीका कारण राहतको अनुभव गरेको स्थानीय बासिन्दा नविन बरालको भनाई रहेको छ ।