चन्द्रपुर,१४ भदौ ।
नेपाल कांग्रेस रौतहट क्षेत्रनं ४ को क्षेत्रिय समितिको बैठकले रौतहट ४ बाट संघिय संसदमा देव प्रसाद तिमलसिनाको नाम सिफारिस गरेको छ । मंगलबार चन्द्रनिगाहपुरमा क्षेत्रिय समिति ,प्रदेश अधिवेसन प्रतिनिधि र महाधिवेसन प्रतिनिधिको संयुक्त बैठकले तिमलसिनाको नाम सिफरिस गरेको हो ।
क्षेत्रिय सभापति रामस्नेही यादवको अध्यक्षतामा बसेको बैठकले संघिय संसदका लागि एक नम्बर देव प्रसाद तिमलसिना ,दोस्रो नम्बरमा शेख अमरुल र सन्ध्यादेवीको नाम सिफरिस गरेर पठाउने निर्णय भएको क्षेत्रिय सचिव बच्चु साह कानुले जानकारी दिएकाछन् । संघ तर्फको समानुपातिकमा अनन्त कोईराला र अनिता कर्णको नाम सिफारिस गरेर पठाउने निर्णय गरेको छ । यो संगै रौतहट ४ को प्रतक्ष तर्फको संघिय संसदमा देव प्रसाद चिमलसिनानै चुनाव उठने लगभग पक्का पक्की भएको छ ।
यस भन्दा पहिला संघय संसदमा चुनाव लडने बताउदै आएका रविनचन्द्र कोईरालाको नामनै सिफारिस हुन सकेन् । रौतहट ४ मा अव देव प्रसाद तिमलसिनालेनै टिकट पाउने नेपाली कांग्रेसका स्थानीय नेताहरुले बताउन थालेकाछन् ।
आफुपनि टिकटको दावेदार रहेको बताउदै आएका कोईरालाको नाम समेत सफिारिस नभएको भन्दै एक समुह रुष्ट बनेको नेपाली काग्रेसका एकजना कार्यकर्ताले गुनासो गरेकाछन् । नेपाली काग्रेसले पार्टीको निर्देशन अनुसार उम्मेदवारको नाम क्षेत्रले घोषणा गरेर केन्द्रमा पठाउने क्षेत्रिय सचिव साहको भनाइ रहेको छ । रौतहट ४ बाट नेकपा एमालेका तर्फबाट उद्धव रेग्मीको नाम चर्चामा रहेको भएपनि आधिकारीक रुपमा घोषणा भने भएको छैन् । यस्तै माओवादीका तर्फबाट सो पार्टीका नेता युवराज भट्टराईले समेत संघ तर्फ चुनाव लडने तयारी गरेकाछन् ।
गठबन्धन भए वा नभएपनि रौतहट ४ का तिमलसिनालेनै टिकट पाउने आंकलन गरिएको छ । २०७९ भदौ १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








