चन्द्रपुर,१३ असोज ।
दशैं लागेसंगै रौतहटको बजारमा चहल पहल बढेको छ । जिल्लाको अधिकांश बजारमा चहल पहल बढेको पाईएको छ । विभिन्न समाग्री निमेल गर्न जिल्लाको ग्रामीण भेगका मानिसहरु बजार आउन थालेको व्यापारीहरु बताउ“छन् ।
जिल्लाको प्रमुख व्यापारीक बजारमा केहीदिन देखी चहल पहल बढेको स्थानीय व्यापारीहरुको भनाइ रहेको छ । दशैं र तिहार लगाएतका पर्वलाई मध्यनजर गर्दै चन्द्रनिगाहपुरका फेन्सी व्यावसायीले काठमाण्डौ लगाएतका स्थानबाट केही समय पहिलानै कपडालत्ता ल्याएको भान्जा फेन्सी स्टार्सका संचालक अभि घिमिरेको भनाइ रहेको छ । जिल्लाका अन्य बजारको तुलनामा चन्द्रनिगाहपुर बजार तथा चोकमा सर्बसाधारणको भिड बढदै जान थालेकोले व्यापारी समेत उत्साहीत भएको अर्का व्यापारी रामसरण गौतमले बताए ।
केहीदिन याता चन्द्रनिगाहपुरका बित्तिय कारोवार गर्ने संस्था तथा बैंकहरुमा सर्बसाधारणको चाप लागेको छ । चन्द्रनिगाहपुरमा रहेका बैंकहरुमा नयां नोट लिनका लागि सर्बसाधारणको लाईनै लागेको छ ।
चन्द्रनिगाहपुरको तुलनामा गौर,गरुडा कटहरिया लगाएतका व्यापारीक बजारमा सर्बसाधारणको चहल पहल कम रहेको स्थानीय व्यापारीहरुले बताए । बजारमा यतीबेला लत्ताकपडा तथा खाद्ययान्न लगाएतका समान किन्नेका कारण चहल पहल बढेपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आफ्नो क्षेत्रमा सुरक्षा व्यावस्था कडा पारेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
जिल्ला बाहिर रहेकाहरु चाडवाडको बेलामा घर फर्कने भएका कारण उनीहरुलाई कुनै असहजता नहोस भन्नका लागि चन्द्रनिगाहपुरमा हेल्प डेक्सको स्थापना समेत भएको डिएसपी जयसरको भनाइ रहेको छ ।
जिल्लाका अन्य स्थानको तुलनामा चन्द्रपुर नगरपालिकामा दशैंको बेला धेरै मान्छेको आवागमन हुने भएका कारण प्रहरीले सुरक्षा व्यावस्था कडा पारेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








