रौतहट,१६ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेस प्रदेशमा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार प्रदेशमा गत साउन र भदौ महिनामा ८ हजार ९ सय ४४ वटा सवारी दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ महिला र ४७ पुरुष तथा ५ जना बालबालिका रहेका छन् ।