पथलैया,२० असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ को तीन नम्बर पुलनजिकको मोडमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकाहरु मध्य अहिलेसम्म १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कायालय बाराले जनाएको छ । हेटौंडाबाट बिरगंजतर्फ जाँदै गतेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।