अशोक पहाडी,चन्द्रपुर,२३ असोज । रौतहट क्षेत्रनं ४ को संघिय संसदको टिकट देव प्रसाद तिमलसिनाले पाएकाछन् । उनले टिकट अहिले केही बेर पहिला मात्र हात पारेका हुन । नेपाली काग्रेसका अर्का नेता रबिनचन्द्र कोईराला पनि टिकटको दौडमा थिए । आज मनोनयनको दिन तिमलसिनाले टिकट पाएका हुन । उनी सहितको टोली काठमाण्डौबाट मनोनयन दर्ताको लागि रौतहट आँउदै गरेको नेपाली काग्रेसका युवा नेता सुमन गौतमले जानकारी दिएकाछन् ।