चन्द्रपुर,२३ असोज । नेकपा एमालेबाट रौतहट ४ को क प्रदेशभसा सदस्यमा नेकपा एमाले नेता अखिलेश्वर चौधरी मैदानमा उत्रने भएका छन् । संघिय संसदमा नेकपा एमाले र जसपाको साझा उम्मेदवारका रुपमा उद्धव रेग्मी मैदानमा उत्रने भएका हुन । उनीहरुले आज मनोनयन दर्ता गराउदैछन् । नेकपा एमाले रौतहटमा बौद्धिक नेताका रुपमा छवी बनाएका अखिलेश्वर चौधरी र माओवादीका युवा नेता समिर भट्टराई बिच प्रदेशसभा सदस्यमा प्रतिष्पर्धा हुने भएको छ ।








