गुजरा,२ कार्तिक ।
रौतहट क्षेत्रनं ३ को प्रदेशसभा सदस्यमा ख बाट स्वतन्त्र उम्मेदवार बदरुदिन अरमान भाईले आफ्नो जित पक्का रहेको बताएकाछन् । उनले आफुले चुनाव जिते यो क्षेत्रको विकासमा कायापलट गर्ने बताएकाछन् । संचारकर्मीहरुसं कुरा गर्दै अरमान भाईले आफ्नो जित पक्का रहेको बताएका छन् । प्रेसरकुकर चुनाव चिन्ह्बाट मैदानमा उत्रेका अरमानभाई कम्युनिष्ट राजनिति मधेशवादी राजनितिहुदै स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रेका हुन । उनलले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताएकाछन ।
आफ्नो निवर्वाचन क्षेत्रलाई आफ्ले कृषि पकड क्षेत्र बनाउने अभियानका साथ उनी मत माग्न व्यस्त रहेका छन् । उनको क्षेत्रमा उनी यतीबेला मतदाताकोमा मत माग्न व्यस्त रहेकाछन् । सो निर्वाचन क्षेत्रमा युवा तथा बौद्धिक नेताका रुपमा आफ्नो परिचय बनाएका अरमान भाई सबै समुदाय र जातीको मत आफ्नो पक्षमा रहेको बताउदै आएकाछन् ।
गुजरा नगरपालिकाको उप मेयरमा यस भन्दा पहिला अरमान भाईकी श्रीमतीले उप मेयर पदमा चुनाव जितेकी थिईन । रौतहट क्षेत्र नै ३ को ख निर्वाचन क्षेत्रलाई आफुले जितेमा बाख्रा पालनका हवका रुपमा अगाडी बढाने बताए ।
कृषिमा आधारित रहेको सो क्षेत्रका किसानका लागि आफुले जितेका धेरै राहत हुने उनको भनाइ रहेको छ । आफ्नो जितका लागि सो क्षेत्रका मतदाता मतदान गर्न आतुर रहेको समेत बदरुदिन अरमान भाईले तराई एक्सप्रेसलाई बताए ।