रौतहट,१२ कार्तिक । माओवादी ,नेकपा एमाले हुदै स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ मा यतीबेला घेराबन्दीमा परेकाछन् । उनको बिरुद्धमा पाँच दलिय बठबन्धनका नेता कार्यकर्ता खुलेर लागेपछि यतीबेला साह घेराबन्दीमा परेकाहुन । सत्ता गठबन्धनले रौतहट ३ मा प्रभु साहलाई आफ्नो आधिकारीक उम्मेदवार घोषणा गरेको भएपनि सत्ता गठबन्धनकै सबै जसो नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालको पक्षमा लागेकाछन् ।
प्रभु साहको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रकाश जयसवालको पक्षमा एकै मञ्चबाट नेपाली काँग्रेसका जिल्ला सभापति सुनिल यादव ,एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव ,माओवादीका नेता नसरुद्धिन अन्सारीले एकै मञ्बाट प्रभु साहका बिरुद्ध रहेको उद्धघोष गरेका हुन ।
हिजो पाँच दलिय गठबन्धनले प्रभु साहको पक्षमा लाग्न गरेको निर्णय नेकपा एकीकृत समाजवादीले कुनैपनि हालतमा नमान्ने सो पार्टीका नेता बाबुराम दाहालले बताए ।
रौतहटको क्षेत्रनं ३ मा प्रभु साहका बिरुद्ध सबै दल एक भएर लाग्ने अनुमान गरिएको छ । पाँच दलिय गठबन्धनबाट टिकट पाएका माओवादीका धिरज पटेललाई पार्टीले प्रभु साहलाई सहयोग गर्न भनेको भएपनि उनले आफ्नो उम्मेदवारी कायम रहने बताउदै आएकाछन् ।
म कुनेपनि हालमा प्रभु साहलाई समर्थन गर्दिन ,मेरो उम्मेदवारी कायम छ, पटेलले भने ।
रौतहट ३ मा प्रभु साह चापाकल चुनाव चिन्ह्बाट चुनावी मैदानमा रहेकाछन् । उनलाई माछा छाप चुनाव चिन्ह् लिएर स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रकाश जयसवालले कडा चुनौती दिने अनुमान गरिएको छ ।








