वीरगन्ज,२० मंसिर ÷वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी विराज यादवले आफ्नो बुबाको नाममा रहेको धन सम्पति हत्याउन परिवारका सदस्यलाई कुटपीट गर्दै आएका छन ।यादवका बुबा जयकरण यादवको नाममा रहेको करौडौको सम्पति हत्याउन दैनिक रुपमा घरमा प्रवेश गरेर झगडा गरेर कुटपीट गरीरहेका छन ।
केहि बर्ष अगाडी नै बुबा संग अंश लिएर अगल बस्दै आएका यादवले बुबाको बाँकी सम्पति हत्याउन विभिन्न हत्कण्डा नै अपनाएका छन ।
जयकरणको एक्लो छोरा यादवले सम्पति हत्याउन परिवारका सदस्यलाई शारिरिक र मानसिक यातना दिन थालेका हुन ।
मिसन नेपालमा नामक संस्था चलाएर समाजिक सेवामा सक्रिय रहेको दावि गर्ने यादव आफ्नो परिवारका विभिन्न व्यक्तिलाई विभिन्न किसिमको यातना दिदै परिवारिक कलह उत्पन्न गरेको स्रोतले जनाएको छ ।
केहि बर्ष अगाडी भारत घर भई वीरगन्ज बस्दै आएकी शिखा सिंंह संग प्रेम विवाह गरेका यादवले बुबाको सम्पति कै लागी परिवार सदस्यलाई विभिन्न प्रकारका धाकधम्की , कुटपीट लगायतका समस्या दिदै आएका छन ।
यादवका श्रीमति सिंहको दवाबमा परिवारका सदस्यलाई घर निकाला गर्ने र सम्पति हत्याउन थालेको स्रोतको दावि छ ।
स्रोतका अनुसार राप्रपामा आवद्ध भएका यादव प्रहरी , प्रशासनमा पनि राजनितिक पहुचँ भएको बताउँदै परिवारका सदस्यलाई यातना दिन थालेका छन ।
उनी भखरै सम्पन्न भएको आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका नरेश साहको आडमा परिवारका सदस्यलाई सम्पति हत्याउन काम सुरु गरेको स्रोत बताउँछ ।
गत बैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा राप्रपाबाट बाराको बिश्रामपुर गाँउपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका यादवले आफ्नो बुबाको नाममा सम्पति हत्याउन ज्यान मार्ने समेत चेतावनी दिएका छन ।