चन्द्रपुर,२० पुस ।
सोमबारदेखि जारी शीतलहरले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो सिरेटो चल्दा अत्यधिक जाडो अनुभव गरिँदै छ । शीतलहरले बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ ।
अत्यधिक रुपमा चिसो बढेपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकाले ४ दिनको लागी बिद्यालय बन्द गरेको छ । सोमबार बिद्यालयहरुलाइ पत्रचार गदै आउदो पुस २२ गते सम्म बिद्यालय बन्द गर्न भनेको हो । सोमबार देखी केही दिन चिसो बढने मौसम पुर्वअनुमान अनुसार फतुवा बिजयपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्न नगरपालिकाले पत्रचार गरेको । सोमबार बिहानै देखी रौतहटको सम्पुर्ण भुभागमा हुस्सु सहित ब्यापक चिसो बढेको छ ।
रौतहटका अन्य पालिकाले समेत विद्यालय बन्द गर्न सुचना जारी गरेकाछन् । चन्द्रपुर नगरक्षेत्रका विद्यालयमा परिक्षा चलेकाले बिदा नभएको चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत मण्डलले बताए । उता जाडोबढेसँगे वीरगन्ज महानगरपालिकाको कार्यालयले सोमबार सूचना जारी गरी महानगर क्षेत्रका विद्यालय मंगलबारदेखि शुक्रबारसम्म बिदा दिएको छ । हिउँदे बिदामा कट्टा हुनेगरी बिदा दिइएको हो । मंगलबारदेखि महानगरका प्रायः अधिकांश सामुदायिक र संस्थागत विद्यालय बन्द छन् । जिल्ला अधिकांश गाउँ तथा नगरपालिकाका विद्यालय हाल बन्द गरिएका छन् ।सर्वसाधारण तथा बटुवाको सहजताका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरका मुख्य मुख्य चोकहरुमा आगो ताप्ने दाउराको व्यवस्था गरेको छ ।
मानव सेवा आश्रम वीरगन्ज तथा स्वयंसेवी युवाहरुको समूहले रातको समयमा सडकपेटीमा सुत्नेहरुलाई न्यानो कपडा र सिरक वितरण गर्ने अभियान नै चलाएको आश्रमका अभिभावक प्रकाश थारुले बताए ।