अशोक पहाडी / रौतहट ,२४ चैत । नक्कली परिक्षार्थि राखेर एसइइ परीक्षा दिन लगाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु बिरुद्ध जिल्ला अदालत गौरले पक्राउ पुर्जि जारी गरेको छ । साहले आफ्ना ज्वाइँ रेडियो नेपाल बर्दिबासका ईन्जिनियर कमल साहलाई राखेर आफ्नाो परीक्षा दिईरहेको अवस्थामा पक्राउ गरेको थियो । नक्कली परिक्षार्थि राखेर एसइइ परीक्षा दिन लगाउने साह विरुद्ध जिल्ला अदालत गौरले आज पक्राउ पुर्जि जारी गरेको थियो ।








