कलैया,११ बैशाख । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवदीका उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
पछिल्लो मतपरिणामअनुसार उपेन्द्रले १८७२ मत ल्याउँदा शिवचन्द्रले १६६१ मत ल्याएका छन्। यसअघि ‘लिड’ लिइरहेका शिवचन्द्र ३८१० मत गणना हुँदा ८९ मत मात्रैले पछि छन्। एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले७२९ मत ल्याउँदा रास्वपाका रमेश खरेलले २९६ मत पाएका छन्।