रौतहट,३१ जेठ । चन्द्रनिगाहपुर क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै जान थालेको छ । रातीको समयमा घर घरबाट मोवाई चोरी गर्ने गिरोह सक्रिय रहेको छ ।
गर्मीको बेला घरको झ्याल खोलेर स्थानीय सुत्ने र त्यसको फाईदा उठाउदै चोरहरुले लौरोको सहायतामा मोवाईल चोर्ने गरेको गुनासो बढदै जान थालेको छ । सोमबार राती चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा बिसाल तिवारीको सुतिरहेको स्थानबाट मोवाईल हरायको थियो । तिवारी मात्र नभएर पछिल्लो समय मोवाईल चोरियो भन्दै समाजिक संजालमा पोष्ट्याउनेको संख्या बढदै जान थालेको छ । रातीको समयमा गाँउ गाँउमा डुलेर मोवाईल चोरी कार्यमा साना साना स्कुले बालबालिकाको समेत संलग्नता रहेको पाईन्छ । केही दिन पहिला आफ्ले चोरी गरेको मोवाईलको लक हटाउनका लागि एक मोवाईल पसलमा पुगेका दुईजना नावालक पक्राउ परेका थिए ।
यो घटनासंगै यस्तो काममा लागु औषधको कुलतमा फसेका युवा र स्कुले बालकहरुको संलग्नता रहेको स्पष्ट हुन्छ । स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले रातीको समयमा मोवाईल गस्ति नखटाएका कारण चोरीका घटना बढेको आरोप लगाउदै आएका छन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएपी एक नारायण कोईरालाले साना तिना चोरीका घटनामा संलग्नहरु चाडै प्रहरीको नियन्त्रणमा आँउने बताए ।
चन्द्रनिगाहपुरमा पछिल्लो समय आएर मोटर साईकल र मोवाईल चोरीका घटना तिब्ररुपमा बढदै जान थालेको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ । २०८० जेठ ३१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।