धेरैले भन्छन् – बिहान शीत भएको दुबोमा हिँड्दा आँखाको ज्योति बढ्छ । मानिसलाई मात्रै होइन, भगवानलाई पनि दुबो प्रिय हुन्छ भन्ने मान्यता राखिन्छ ।
अर्थात्, नेपाली संस्कृतिमा नै दुबो गाँसिएको छ । विवाह, ब्रतबन्ध, पूजा–पाठ वा कुनै पनि माङ्गलिक क्रियाकलाप, दुबो सबै ठाउँमा हुन्छ । दुबो जता पनि उम्रिन्छ । सहजै उपलब्ध हुने भएकोले यसलाई आयुर्वेदमा ‘सहस्र वीर्य’ भनिन्छ ।
धेरैलाई दुबोको जुस बनाएर खाइन्छ भन्ने पनि थाहा नहुन सक्छ । आज हामी तपाईंलाई यसबारे जानकारी दिँदै छौँ ।
दुबो एक चिसो जडीबुटी हो । आयुर्वेदमा यसको धेरै फाइदाबारे बताइएको छ । भारतकी आयुर्वेद विशेषज्ञ डा। दीक्षा भवसारले दुबोको कुनै पनि रूपमा सेवन गर्दा ब्लड सुगरको स्तर कम हुने जानकारी दिएकी छिन् । हालै गरिएका केही अनुसन्धानमा दुबोको रस पिउँदा मधुमेहका रोगीमा हाइपोग्लाइसेमिक इफेक्ट हुन्छ । अर्थात् ब्लड सुगर कम हुन्छ ।








