काठमाडौं । फ्यान लामो समयदेखि ‘पुष्पा २’ रिलिजको प्रतीक्षामा छन् । यो बीचमा उनीहरुका लागि खुसीको खबर छ । अभिनेत्री रश्मिका मन्दानाले छायांकन थालेकी छन् । इन्स्टाग्राम स्टोरीमा फिल्मको सेटको भिडियो सेयर गर्दै उनले यस्तो जानकारी गराएकी हुन् ।