१९ असार, काठमाडौं । एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियाविरुद्ध ब्याटिङ गर्दैछ ।
नेपालले टस जितेर ३५ ओभरको खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
समूह ए मा दुवै खेल जितेर विजेता बनेको नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।








