लुम्बिनी प्रदेशसभा बैठकमा बजेट पुस्तिका च्यात्दै एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरी ।
१९ असार दाङ । बजेटमाथि असन्तुष्टि जनाउँदै लुम्बिनीमा प्रमुख प्रतिपक्ष एमालेको विरोध कायमै राखेको छ । असार १३ गतेयता बसेको निरन्तर चार बैठकमा एमालेले असन्तुष्टि प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको बजेट एकलौटी भएको, क्रमागत योजनामा बजेट नराखिएको, कतिपय निर्देशनालय खारेज गरिएको र गौरवका योजनामा कम बजेट छुट्याएको भन्दै एमालेले विरोध जनाएको हो ।