२३ असार, काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडी सहभागी हुने भएका छन् । जसमा ५ पुरुष र २ महिला रहेका छन् ।

जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५०० र ५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।