२४ असार, काठमाडौं । आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ । भोलिदेखि भने धेरै स्थानमा पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको छ ।