रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले ९ थान अवैध सालको गोलीया काठसहित एकजना तस्करलाई पक्राउ गरेको छ। सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहको नेतृत्वमा गएको गस्ती टोलीले ९ थान गोलिया काठसहित गुजरा ७ पल्टुवाका अच्छे लाल मुखियालाई पक्राउ गरेको हो।