काठमाडौँ । काठमाडौँको सिनामंगलमा शङ्कास्पद वस्तु भेटिएको छ । सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडी शङ्कास्पद बस्तु भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । रिजालले भने–‘गौशालाका डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ, अनुसन्धान गर्दै छौँ ।’