५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कमजोर बन्दै गएको साइबर सुरक्षा प्रणालीमा चासो व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालयसहित सबै सुरक्षा निकायहरुको बैठक डाकेर साइबर सुरक्षाका पक्ष मजबुत बनाउन गर्नुपर्ने कामहरुबारे जानकारी लिएका छन् ।