रौतहट,१० असार । रौतहटको धार्मिक पर्यटकिय स्थल बौराई ब्रम्ह् स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । मन्दिर परिसरमा जडान गरिएको सिसि क्यामेराका कारण सो क्षेत्रमा हुने बिभिन्न खाले समस्या समाधान हुने आश गरिएको बौराई ब्रम्ह् स्थान सुधार समितिका अध्यक्ष रुपेश पंडितले जानकारी दिए । बौराई ब्रम्ह् स्थानमा सिसि क्यामेराले कैद गरेका दृष्य चन्द्रपुर नगरपालिका वडानं १ को कार्यालयले निरीक्षण गर्ने वडा अध्यक्ष बलराम राउतले जानकारी दिए । सो स्थानमा वडाको बजेटबाट सिसि क्यामेरा जडान गरिएको हो ।