रौतहट,१६ साउन । रौतहटको सदरमुकाम गौरमा एक युवकलाई वडा अध्यक्षकै अगाडि बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट भएको छ ।
रौतहटको सदरमुकाम गौर नगरपालिका–३ का २० वर्षीय प्रिन्स अन्सारीलाई स्थानीयहरूले वडाअध्यक्ष अब्दुल ताहिरकै अगाडि बाँधेर कुटपिट गरेका हुन ।
बिजुलीको पोलमा बाँधेर प्रिन्स अन्सारीलाई कुटिएको भिडियो सामाजिक यतीबेला सञ्जालमा भाइरल बनेको छ । उनलाई आईतबार दिउसो ४ बजेको समयमा समान्य बिवाद भएको बिषयमा बिजुलीको पोलमा बाँधेर कुटिएको हो ।
गत शुक्रवार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा गाँउका स्थानीय साजिद अन्सारीका छोरा सोनु अन्सारी संग प्रिन्सको समान्य बिवाद भएको थियो ।
घटना सार्वजनिक भएपछि मौखिक उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।
पिडित प्रिन्सका दाजु अलियास अन्सारीका अनुसार आईतबार घरमा कोही नभएको बेला पारेर हाकिम अन्सारी साजिद अन्सारी सोनु अन्सारी आश मोहमद अन्सारी सहितको समुहले दिउसो चार बजे देखी साँडे पाँच बजे सम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए । उनीहरु कुटपिटमा संलग्न भएको भिडियोमा दृश्य छ । जहाँ उनीहरूले अन्सारीलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले मरणासन्न हुने गरी पिटेको पीडित युवकका दाजु अलियास अन्सारीले बताए ।
‘भाइलाई पोलमा बाँधेर कुटपिट गर्नेलाई कारबाही होस्,’ उनले भने, ‘मेरो भाइलाई पशु जस्तै बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गरेको छु । बिजुलीको पोलमा बाँधेर आफ्नो भाईलाई कुटपिट गरिरहँदा वडाअध्यक्ष अब्दुल ताहिर त्यहीँ भएर रोक्न नचाहेको उनले गुनासो गरे । सो बिषयमा वडा अध्यक्ष वडाअध्यक्ष अव्दुल ताहिरसंग सम्पर्क गर्न खोज्दा उनको फोन आफ थियो । यतीबेला सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा वडा अध्यक्ष ताहिर प्रिन्सलाई कुटपिट गरेको ठाउँमै उभिएर मौन बसेको देखिन्छ । घटनापछि वडाध्यक्ष ताहिर स्वयं पक्राउ परेका साजिद अन्सारीलाई छुटाउन निरन्तर प्रहरी कार्यालयमा पुगेको दाजु अलियास अन्सारीले बताए ।
घटना मिलापत्र गर्नका लागि अहिले आफुलाई पिडकहरुले आर्थिक प्रलोभन दिएको तर आफुलाई पैसा नभएर न्याय चाहिएको अलियासले बताए ।
घटना भएको दिन आफुहरु सबै परिवार वीरगंज गएको मौका छोपेर उनीहरुलाई मेरो भाईलाई कुटे अहिले पैसा लिएर मिल भन्छन्,अलियास अन्सारीले सुनाए ।
भाई कुटिएपछि आफुहरुले साँझ आएर गौर अस्पतालमा लगि उपचार गरेर ल्याएको उनले बताए । अहिले भाईको स्वास्थ्य अवस्था ठिक भएपनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको उनको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी यादवले भने हामीले पीडितको घाउ जाँचको प्रक्रिया अघि बढाइसकेका छौं । आफुले मंगलबार अब लिखित जाहेरी दिने अलियास अन्सारीले बताए ।








