चन्द्रपुर,१६ साउन ।१७ बर्ष पहिला रौतहटको सदरमुकाम गौरमा भएको मानव नरसंहारका पिडित परिवारले न्यायको माग गर्दै सुरु गरेको धर्ना कार्यक्रम मंगलबार चार दिन भएको छ । उनीहरु सो नरसंहारमा संलग्नलाई कार्वाहीको माग गर्दै धर्ना लगाएतका बिभिन्न कार्यक्रम गरेका थिए । ज्ञापनपत्र बुझाउने ,मोटर साईकल ¥याली लगाएका कार्यक्रम भएको भएपनि धर्ना कार्यक्रम भने जारी रहेको छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा पाँच पहिला सुरु भएको धर्ना कार्यक्रमलाई आम जनता पार्टीको साथ रहेको छ । गौर हत्या काण्डका पिडित परिवारको पक्षमा आफ्नो पार्टी रहेको आम जनता पार्टीका युवा नेता बालकृष्ण सापकोटाले बताए । पिडित परिवारको धर्ना कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साह देखा नपरेको भएपनि सो पार्टीका बरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री बद्री न्यौपाने ,महासचिव उपेन्द्र साह लगाएतको सहभागिता रहँदै आएको छ ।