चन्द्रनिगाहपुर,१७ साउन । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बजारमा सवारी दुर्घटना बढदै जान थालेको स्थानीय बासिन्दाले बताएकाछन् । चन्द्रनिगाहपुरको पुर्वको चादी पुल देखी ट्राफिक पोष्ट सम्म सवारीको तिब्र गती रोक्न लगाउनुपर्ने स्थानीयले बताएकाछन् ।
ट्राफिक पोष्ट देखी चाँदी पुल सम्म दैनिक सवारी दुर्घटना हुने गरेको छ । यो क्षेत्रमा ट्राफिक प्रहरीले सवारीको गती कम गराउनुपर्ने स्थानीय बासिन्दा भरत आचार्यले बताएकाछन् । सडक साँघुरो र सवारीको तिब्रगतीका कारण सवारी दुर्घटना बढेको स्थानीयको भनाई रहेको छ । यो क्षेत्रमा ब्रकर आवश्यक भएको स्थानीयको भनाइ रहेको छ ।