गौर,२३ साउन ।
नेकपा एमाले रौतहटले किसानका समस्या तथा बढदो महंगीका बिरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाउने भएको छ ।
नेकपा एमाले रौतहटले आज दिउसो जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन थालेको नेकपा एमो रौतहटका प्रचार बिधाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।
खडेरी तथा किसानका बिभिन्न समस्या अनि बढ्दो महंगीका विरुद्ध ज्ञापनपत्र बुझाने तयारी भएको पटेलले बताए ।
कृषिलाई आधुनिकिकरण र ब्यवसायीक बनाउन जरुरी छ ।
यसका लागि स्थानीय सरकारले पर्याप्त बजेटको ब्यवस्था र सो को ईमानदारी र पारदर्शी तरिकाले कार्यान्वयन गर्ने ईच्छाशक्ति तथा योजना ल्याउनुपर्ने भन्दै नेकपा एमालेले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन थालेको सो पार्टीले जनाएको छ ।
कृषि तथा पशुपालन गर्न चाहानेयुवा( महिला तथा पुरुष ) लाई ब्यवसायिक सम्बन्धि अभिमुखिकरण तथा आधारभुत तालिम निशुल्क गराउनुपर्ने ,व्यवसाय गरिरहेका कृषकलाई क्षमता अभिवृद्धि तालिम दिने व्यावस्था गर्नुपर्ने ,ब्यवसाय दर्ता तथा नविकरण सहजताको लागि स्थानीय तहमा घरेलुको ईकाई स्थापना गनुपर्ने ,किसानलाई सहुलियत ऋण र अनुदानको ब्यवस्था गर्नु पर्ने , अनुदान दिँदा उत्पादनमा आधारित अनुदान दिने जस्तै दुधमा प्रतिलिटर र अन्य उत्पादनमा पनि उत्पादित वस्तुको ईकाई मापन गरि निष्चित रकम तोकेर अनुदान दिनुपर्ने लगाएतका माग गर्दे आज नेकपा एमालेले जिल्ला प्रशासन कार्यलय रौतहट मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र दिने भएको हो ।
२०८० साउन २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।