गौर,२४ साउन ।
किसानका समस्या तत्काल सम्वोधन गर्न माग गर्दै मंगलबार नेकपा एमालेले रौतहटले प्रशासन कार्यालय गौर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ । माग पुरा नभए आन्दोलनमा जान वाध्य हुनु पर्ने चेतावनी पनि एमालेले पत्रमा उल्लेख गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता ,नेकपा एमाले मधेश प्रदेश सह सचिव आतरी भण्डारी ,नेकपा एमाले रौतहट प्रचार बिभाग प्रमुख रुपेश पटेल सहितको टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुभाएको थियो ।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा, लम्पी स्किन रोगको उपचार, उखु किसानको अनुदान भुक्तानी र वाढीको जोखिम वढेकाले सावधानीका काम तत्काल गर्न माग गरिएको एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिए । ध्यानाकर्षण पत्र वुझ्दै रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार झाले नेकपा एमाले रौतहटले राखेका माग सम्वन्धित निकायमा जानकारी गराउने वताएका थिए ।
एमालेले पानी नपरेर जिल्ला खडेरिको समस्यामा रहेको भए पनि राज्य वेखवर झै रहेको आरोप लगाएको छ । ध्यानाकर्षण पत्रमा एमालेले तत्काल सुख्याग्रस्त जिल्ला घोषणा गरि किसानलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ । मागमा उखु किसानले राज्यले दिनु पर्ने प्रती क्विन्टल ७० रुपया पनि नदिएकोले तत्काल दिन माग गरेको छ ।
सुख्याको असर र लम्पी स्किन रोगवारे जिल्लामा तथ्यांक समेत नभएको आरोप लगाउदै उसले केही संकलन गरेको तथ्यांक समेत पत्रमा उल्लेख गरेको छ ।
एमालेले लम्पी स्किन रोगले जिल्लामा २५ हजार भन्दा वढी चौपाया विरामी भएको र ठुलो सख्यामा मरेको दावी गरेको छ । एमालेले मरेका पशुको कृषकलाई राहत दिन र भ्याक्सीन सहित उपचार निशुल्क गर्न माग गरेको छ । यस्तै साउन र भदौमा आकस्मीक वर्षात भएर वाढी आउने संभावना भएकाले एमालेले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई सचेत गराएको छ । वाढि, पहिरो र डुवान जस्ता समस्यामा क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पुर्व तयारी थाल्न ध्यानाकर्षण गराएको एमाले मधेश प्रदेश उप सचिव आरती भण्डारीले बताईन ।
मंगलबार मधेश प्रदेशका सवै जिल्लाका स्थानीय प्रशासनमा आआफ्नो जिल्लाका समस्या सहित एमालेले ज्ञापन पत्र वुझाएको छ । एमालेका मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले जिल्लाका मागहरु समेटेर राज्यको ध्यानाकर्षण गराउन निर्देशन दिएकाले मधेश प्रदेशका ८ वटै जिल्लाले आज प्रधानमन्त्रीलाई माग पठाएको हो ।








