रौतहट,२१ असोज । सम्बन्धीत निकायले बजार अनुगमन नगरेका कारण बजारमा म्याद नाघेका र अखाद्यय पदार्थको बिक्रि बितरण भईरहेको छ । जिल्लाको चन्द्रनिगाहपुरमा एक होटलमा म्याद नाघेको बर्डवाईजर बियर उपभोक्ताले फेला पारेकाछन् । म्याद नाघेका पानीका बोतल,बियर,कोक,पेप्सी लगाएतका पेय पदार्थ बजारमा बिक्रि बितरण हुदै आएको भन्दै यतीबेला सामाजिक संजालमा तिब्र आलोचना भएको छ । चन्द्रपुर नगरपालिका तथा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले बजार अनुगमन नगरेका कारण उपभोक्ताहरु अखाद्यय पदार्थ तथा पेय पदार्थ किन्न बाध्य भएकाछन् ।