रौतहट,२१ असोज , बालिका बलात्कार गरेको आरोपमा एकजना युवा पक्राउ परेकाछन् । रौतहटको गुजरा नगरपालिका वाडनं ५ लक्ष्मीपुरका २० बर्षिय नासिर ईमामलाई प्रहरीले पक्राउ गरेको हो ।
गजरा नगरपालिका ५ कै हरिहरपुर घर भएकी किशोरीलाई गुजरा नगरपालिका वडानं १ मा रहेको ईट्टा भट्टमा लगेर ईमामले बलात्कार गरेको भन्दै पिडित परिवारले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले ईमामलाई सनिबारनै पक्राउ गरेको थियो । आईतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान आगाडी बढाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पिडित किशोरीका परिवारको जाहेरीका आधारमा प्रहरीले अदालत सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको हो ।








