रौतहट,२२ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको ३ स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्लाका व्यापारिक सहरहरु चन्द्रनिगाहपुर,गरुडा र गौरमा दशै,तिहार तथा छठ पर्वहरुको मध्यनजर गरी यात्रुहरुको गुनासो सम्बोधन गर्न यात्रु कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख सुशिल आर्चायले जानकारी दिए ।
उनले दशैँ तिहार चाडवाडमा यात्रुको चाप बढि हुने , यात्रुहरु ठगिने , सवारी साधनले बढि भाडा लिने , क्षमताभन्दा बढि यात्रु राख्ने , यात्रुमाथि अभद्र व्यवहार हुन सक्ने लगायतका सम्भावनालाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरुलाई कुनै गुनासो तथा समस्या परेमा ९८५५०९०१२३ वा १०३ मा सम्पर्क गर्नु होला’ उनले भने, ‘हामी यात्रुको गुनासोलाई तत्कालै सम्बोधन गरेर समाधान गर्छौ । यात्रुहरुलाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउन हामी तत्पर छौं ।’ उनले यात्रुहरुले आप्mनो यात्रको क्रममा भोगेका समस्याहरु निर्धक्कपूर्वक सो कक्षमा आएर राख्न सक्ने जनाउँदै चाडवाडको बेला सुरक्षित र सहज यात्रा बनाउन सहायता कक्ष प्रभावकारी हुने विश्वास व्यक्त गरे ।