रौतहट,१३ कार्तिक । ट्राफिक प्रहरीले सवारी साधनको प्रेसर हर्न हटाउने अभियान थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटको सबै ट्राफिक पोष्टबाट सवारी साधानको प्रेसर हर्न हटाउने अभियान आजबाट थालेको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटका ट्राफिक प्रहरी प्रमुख सुशील आचार्यले जानकारी दिएका छन । ट्राफिक प्रहरीले मधेश प्रदेशमै प्रेसर हर्न हटाउने अभियान थालेको आचार्यले जानकारी दिए ।








