कलैया,१३ कार्तिक ।राको कलैयामा अज्ञात समूहले चलाएको गोलि प्रहारबाट घाइते भएका स्कुलका प्रधानाध्यापकको उपचारको क्रममा निधन भएको छ ।
बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
सोमबार अपरान्ह कलैया निवासी रुपेश सराफको छाती र घाँटीमा २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ ।
घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।








