रौतहट,२७ मंसिर । रौतहट जिल्लाको धार्मिक पर्यटकिय स्थल नुनथरमा रमाउनेको भिड लाग्न थालेको छ । नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीले संचालन गरेको नुनथर स्विंग अर्थात पिङमा रमाउनेको संख्या दिनप्रतिदिन बढदै जान थालेको छ ।
नुनथर क्षेत्रमा यतीबेला रमाउनेहरुको भिड लाग्न थालेको नुनथर धार्मिक वन तथा नुनथर ईको एडभेन्चर एण्ड ईन्टरटेण्मेन्ट प्रालीका संचालक शुभकामना पौडेलले बताए । नुनथर क्षेत्रमा पिकनिक खान र घुम्न आँउनेहरुका लागि बागमतीमा बोटिङ पिङ लगाएतका मनोरंन्जनका सधानहरु बढेसंगै मधेश प्रदेशका अलावा भारतको बिहारका बिभिन्न स्थानबाट घुम्न आँउने पर्यटकको संख्यामा समेत बृद्धी हुदै आएको छ ।