चन्द्रपुर,२७ मंसिर ।
बढ्दो शहरीकरणसंगै रौतहट जिल्लाको ठुलो व्यापारिक बजारका होटलहरुमा यौन व्यवसाय हुने गरेको सवैले सुनेकै छन् । तर पछिल्लो. समय आएर चन्द्रपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमै तेश्रो लिंगीहरुले यौनधन्दा चलाउने गरेका छन् । चन्द्रपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने पुर्व पश्चिम राजमार्गमा बसेर तेश्रो लिंगीहरुले खुलेआम ग्राहक खोज्ने गरेका छन् ।
इलाका प्रहरी कार्यालयकै दाया वाया रातीको १० बजेपछि तेश्रो लिंगीहरुको जमघट हुने गरेको छ । उनीहरुले रातीको समयमा बाटो हिड्ने बटुवा, रोकेर राखेका सवारी साधनका चालक, सहचालकलाई ग्राहक बनाउने गरेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।
रातीको समयमा कसैको घर अगाडि बत्ति निभेको अध्यारो ठाउमा उनीहरुले अवैद्य यौन क्रियाकलाप गर्ने गरेका कारण आफुहरुलाई अप्ठ्यारो भएको चन्द्रनिगाहपुरका संचारकर्मी अनमोल कार्कीको भनाई रहेको छ । तेश्रो लिंगीहरुले चन्द्रनिगाहपुरको दुर्गा मन्दिर र हनुमान मन्दिर आसपास बसेर आफ्नो धन्दा चलाउने गरेका कारण सो क्षेत्रका स्थानीय बासिन्दाले अप्ठयारो मान्ने गरेका छन् । स्थानीयले रातीको समयमा उनीहरुले गर्ने गतिविधिका कारण आफुहरुलाई असहज भएको भन्दै रातीको समयमा प्रहरीले उनीहरुको गतिविधि नियन्त्रण गर्नुपर्ने माग राख्दै आएका छन् ।
२०८० मंसिर २७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।