चन्द्रपुर,१९ पुस ।
के तपाईँले कसैलाई सापट दिएको पैसा चेकमा लिँदै हुनुहुन्छ ? लिँदै हुनुहुन्छ भने अबदेखि होसियारी अपनाउनुहोला । पछिल्लो समयमा देशमा बढ्दै गएको आर्थिक मन्दीका कारण सर्वसाधारणले विभिन्न समस्याहरू झेल्दै आएका छन् ।
पछिल्लो समय संशोधित आर्थिक ऐनका कारण सापट दिएको पैसा चेकमा लिनेहरू आफै फन्दामा पर्न थालेका छन् । आफूले सापट दिएको पैसा चेकमा मार्फत फिर्ता लिँदा चन्द्रनिगापुरका एक व्यवसायी यतिबेला अदालतको घनचक्कर काट्न बाध्य भएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडिबेला घर भएका एकजना युवाले साथीलाई सापट दिएको पैसा अर्को साथी मार्फत चेकमा लिँदा अहिले उनी अदालतको चक्कर काट्न बाध्य भएका हुन् । चन्द्रनिगापुरमा ग्रिलको व्यवसाय गर्दै आएका जुडिबेला घर भएका शम्भु खड्का यतिबेला समस्यामा परेका हुन् ।
खड्काले एकजना साथीलाई सापट पैसा दिएको र उनले सापट फिर्ता अर्को साथीलाई भनेर चेक मार्फत गराएका थिए । तीन वर्ष पहिला आफूले चेक मार्फत फिर्ता लिएको सो रकमका विषयमा जिल्ला अदालत गौरमा उजुरी परेपछि खड्का यतिबेला जिल्ला अदालत गौरको चक्कर काट्न बाध्य भएका हुन् । उनले जुन साथीलाई पैसा सापट दिएका थिए ती साथीले अर्को साथीलाई १० लाख रकम चेक मार्फत फिर्ता गर्न लगाएपछि उनले सापट दिएको पैसा चेक मार्फत लिएका थिए । जसलाई पैसा सापट दिएको हो उनको मृत्यु भएपछि जसले चेक मार्फत सापट रकम फिर्ता दिएका थिए । उनले नै खड्कालाई जिल्ला अदालत गौरमा पैसा फिर्ता पाउँ भनेी जुरी दिएपछि खड्का यतिबेला जिल्ला अदालत गौरको चक्कर काट्न विवस भएका हुन् ।
चेक मार्फत दिएको पैसा बैंकबाट निकालिएको प्रमाणका आधारमा सापट दिएको भन्दै उनीमाथि उजुरी परेपछि उनी जिल्ला अदालत गौरको चक्कर काट्न बाध्य भएका हुन् ।
आर्थिक लेनदेनको दफा ४७६. लिखत नगरी लेनदेन गर्न नहुने ः कसैले पनि कानून बमोजिम लिखत नगरी लेनदेन गर्न हुँदैन भन्ने स्पष्ट उल्लेख भएपछि सापट तिर्नेहरू पनि यतिबेला मुद्दा हाल्न अदालत जान थालेका छन् । स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “लिखत” भन्नाले कुनै लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजात सम्झनु पर्छ भन्ने उल्लेख रहेको छ । यसैका आधारमा सापट दिएको पैसा चेक मार्फत तिरिएको भएपनि मैले लिनु छ भन्दै अदालतमा उजुरी हाल्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ ।
चन्द्रपुर २ का खड्का उदाहरण मात्र हुन् भने यस्तो समस्या धेरैले भोग्दै आएको जानकारहरूको भनाइ रहेको छ । संशोधित आर्थिक कानुनका कारण पछिल्लो समय सापट लिएको रकम चेक मार्फत भुक्तानी दिने र पछि मैले सापट दिएको हो भन्दै उजुरी गर्नेहरूको संख्या पछिल्लो समय रौतहटमा बढ्दै जान थालेको एक कानुन व्यवसायीले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।