रौतहट,५ माघ । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ ले सडक अतिक्रमण गराएर बनाएका घर टहरा हटाउन भन्दा पनि नहटाएपछि आजबाट आफै हटाउन थालेको छ । वडा अध्यक्ष सहदेव केसीको नेतृत्वमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने अभियान थालिएको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को जनज्योति बहुमुखी क्याम्पसदेखि डाबर चोकसम्म सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउने अभियान थालिएको वडाध्यक्ष सहदेव केसीले जानकारी दिएका छन् । पटकपटक सूचना जारी गरेर अतिक्रमण गरिएको घर टहरा हटाउन भन्दा पनि अटेर गरेपछि बाध्य भएर आफूहरुले आजबाट घर टहरा हटाउने अभियान थालेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ । सडक अतिक्रमण गरेर बनाइएका घर टहरा नगरपालिकाको डोजर प्रयोग गरेर हटाउन थालिएको हो । सडक अतिक्रमण गरेर बनाइएका घर टहराका कारण दुर्घटनाको जोखिम बढ्दै गएपछि वडाले बाध्य भएर हटाउनु परेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का विभिन्न स्थानमा रहेका सडकहरू अतिक्रमण गरेर बनाइएका घर टहरा तत्काल हटाउनका लागि वडा कार्यालयले सूचना जारी गर्दै जानकारी गराए पनि अटेर गरेपछि बाध्य भएर नगरपालिकाको डोजर प्रयोग गरेर घर टहरा हटाउनु परेको वडा अध्यक्ष केसीले जानकारी दिएका छन् ।








