रौतहट,११ माघ । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए । कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका छन् ।