गौर,११ माघ । प्रादेशिक अस्पताल गौरको सेवा सुचारु भएको छ। आन्दोलनरत स्वास्थ्यकर्मी र मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्रीबीच आज भएको सहमतिपछि अस्पतालको नियमित सेवा सुचारु भएको हो। एक सातादेखि अस्पतालको इमर्जेन्सी बाहेकको सम्पूर्ण सेवा बन्द रहेको थियो।
अस्पतालमा व्यापक रूपमा राजनीतिक हस्ताक्षेप बढेको र आफूहरूले विगत लामो समयदेखि तलब भत्ता समेत नपाएको भन्दै गौर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले इमर्जी बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए ।








