रौतहट,११ माघ । आम जनता पार्टीले आज आह्वान गरेको मधेस बन्द रौतहट सहितका जिल्लामा पूर्णरुपमा असफल भएको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु शाहको गृह जिल्ला रौतहटमै बन्दको प्रभाव न्यून रहेको थियो। बिहानैबाट प्रहरीले आम जनता पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्गमा बन्दको कुनै प्रभाव देखिएको थिएन । चन्द्रनियापुर गौर सडक खण्डमा पनि पहिलेकै तुलनामा सवारी साधनहरू चलेका थिए। प्रहरीले आफ्नो पार्टीको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको आम जनता पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सापकोटाले बताएका छन्।








